घरमै भाँडा माझेर दिन कटाउँदै बलिउड अभिनेत्री कट्रिना (भिडियोसहित)

katrina

मुम्बइ । बलिउड नायिका कट्रिना कैफको यो तस्बिर देख्दा तपाईंलाई लाग्दै होला यो कुन फिल्मको सिन होला भन्ने, यदि त्यस्तो हो भने तपाईं गलत हुनुहुन्छ । यो तस्बिर त विश्वमा बढ्दै गइरहेको कोरोना संक्रमणका कारण घरमै क्वारेन्टाइनमा बस्न बाध्य अधिकांश सेलिब्रेटीजस्तै कट्रिनाले समय कटाउनका लागि साँच्चिकै आफ्नै घरमा भाँडा माझेको दृश्य हो ।

विश्वमा कोरोना भाइरसको संक्रमण बढी रहेका बेला अधिकांश देशहरुले लकडाउन भोगी रहेका छन् । त्यस्तै विश्वका अधिकांश मानिसहरु अहिलेको परिवेशमा क्वारेन्टाइनमा बसिरहेका छन् । नेपालको छिमेकी देश भारतबाट कोरोनाको संक्रमण बढीरहेको छ ।

अधिकांश भारतीय नागरिकहरु क्वारेन्टाइन्मा बसिरहेका बेला बलिउड अभिनेत्रीहरु पनि सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

भारतीय अभिनेत्री कट्रिना कैफले क्वारेन्टाइनका समयमा आफूले भाँडा माझेर दिन बिताइरहेको भिडियो सार्वजनिक गरेकी छिन् । उनले भाँडा कसरी धुने र कम भन्दा कम पानीको उपयोग कसरी गर्ने भन्दै भाँडा माझेको भिडियो सार्वजनिक गरेको जनाएकी छिन् । उनले यसअघि गितार बजाउँदै बसेको भिडियो सार्वजनिक गरेकी थिइन् ।

भिडियोः

https://www.instagram.com/p/B-FEZmEBq73/?utm_source=ig_web_copy_link

Comments

Top