कोरोना कष्टः हालसम्म करिब १९ हजारको मृत्यु, स्पेनमा एकै दिनमा ६८० को मृत्यु

Spain_1

काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या करिब १९००० हजार पुगेको छ । त्यस्तै संक्रमितको संख्या चार लाख बढी भएको तथ्यांक सार्वजनिक भएको छ, भने उपचारपछि १ लाख मानिसहरु घर फर्किसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनको बुहानबाट सुरु भएको भाइरसका कारण विश्वका १८६ देशका मानिस संक्रमित भइसकेका छन् । यी देशहरुमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो गतिमा रहेको छ ।

नेपालको छिमेकी मुलुक भारतमा मात्रै मृत्यु हुनेको संख्या १० पुगिसकेको छ । हालसम्म सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ, हाल सम्म इटालीमा ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ । भाइरसको उद्गम स्थल चीनमा भने ३ हजार १ सय ६० को मृत्यु भएको छ ।

युरोपेली मुलुक स्पेनमा लगातार मृत्युदर र संक्रमितको दर बढी रहेको छ । स्पेनमा अहिलेसम्ममा २९९१ जनाको मृत्यु भइसकेको जनाइएको छ । स्पेनमा एकैदिनमा ६८० जनाको मृत्यु भएको छ । विश्व महारथी अमेरिकामा ७७५ जनाको मृत्यु भइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Comments

Top