कोरोना कष्टः दिल्लीका सम्पूर्ण मजदुरलाई पाँच–पाँच हजार दिने दिल्ली सरकारको घोषणा

kejar

दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मजदुरहरुका लागि आकर्षक प्याकेजको घोषणा गरेका छन् । उनले दिल्लीभर निर्माण कार्यमा संलग्न मजदुरहरु सबैलाई ५–५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । 

मजदुरहरुको दैनिक खानाको लागि सबै निर्माण कार्यमा संलग्न मजदुरहरुलाई पाँच पाँच हजार दिने मुख्य मन्त्री केजरीवालले बताएको कुरा भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइम्सले जनाएको छ ।

kejerilal
भारत सरकारले पूरा भारतभर २१ दिने लकडाउनको घोषणा गरेसँगै मजदुरहरुको दैनिक गासबासको व्यवस्था गर्न गाह्रो हुने भएको बताए । उनले भने, ‘मैले बुभ्mछु कि तपाईहरुलाई धेरै समस्या पर्ने छ, हामीले तपाईहरुको सबै समस्या पूरा गर्न सक्दैनौं तर पनि तपाईहरुको समस्या कसरी कम गर्न सकिन्छ भन्ने कुरामा चिन्तित छु, सबैभन्दा ठूलो कुरा बाँच्नु हो, त्यसैले यस समय कठोर कदम उठाएका छौं ।’
दिल्ली बिल्डिङ एण्ड अन्डरकन्ट्रक्सन वर्कर्स बोर्डमा दर्ता भएका सबै मजदुरहरुलाई पाँच–पाँच हजार उपलब्ध हुने बोर्डका एक अधिकारीले बताए ।

Comments

Top