लकडाउनमा टेलिकमद्वारा रिचार्ज बराबरको बोनस दिने घोषणा

Telecom

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस दिने भएको छ । टेलिकमले बुधबार दिउँसोबाट यस्तो सुविधा उपलब्ध गराएको जानकारी गराएको छ ।

यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् ।

मङ्गलबार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो । कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो ।

यसअघि टेलिकमले लकडाउनलाई मध्यनजर गर्दै विभिन्न सस्तो डाटा प्याक, भ्वाईस प्याक र एसएमएस प्याक घोषणा गरेको थियो ।

त्यस्तै नेपाल टेलिकमले लकडाउनको बेला एडीएसएल तथा एफटीटीएच इन्टरनेटका प्रयोगकर्तालाई म्याद सकिए पनि नेट उपलब्ध गराउने भएको छ । टेलिकमले लकडाउन अवधिभरको लागि निःशुल्क नेट उपलब्ध गराउने भएको हो ।

एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले इन्टरनेटको म्याद सकिए लकडाउन अवधिभरको लागि म्याद थप गर्ने जनाएको हो । कम्पनीले ल्याण्डलाईन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा पनि लकडाउन अवधिभरको लागि जरिवाना नलगाउने भएको छ ।

Comments

Top