अमेरिकामा कोरोना भाइरसबाट १ हजार २७ जनाको मृत्यु

america

एजेन्सी ।

अमेरिकामा गत जनवरीको तेस्रो साताबाट देखिएको कोरोना भाइरसबाट हालसम्म १ हजार २७ जनाको मृत्यु भइसकेको छ।

बुधबारमात्रै २ सय २५ जनाको मृत्यु भएको हो भने बिहीबार २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको हो।आइतबार बिहानसम्म चारदिनमा अमेरिकामा मृतकको संख्या ३२६ जना मात्रै थियो ।त्यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ।

कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार बिहानसम्ममा २१ हजार १ सय ९१ जनाको पुगेको छ ।

Comments

Top