कोरोना भाइरसबाट बेलायतमा चितवनका अर्यालको मृत्यु

Korona

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ । लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्यालको मृत्यु भएको जनाइएको छ ।

अर्यालको गत सोमबार उपचारको क्रममा मृत्यु भएको भएपनि अस्पतालले उनमाकोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र गरेको थियो ।

बेलायतस्थित नेपाली दूतावासले बेलायतमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसअघि पनि कोभिड–१९ को संक्रमणबाट पुर्ख्यौली घर संखुवासभा घर भएकालण्डनको ह्यारो निवासी ६६ वर्षीय पूर्वगोर्खा सैनिक लीलाबहादुर राईकोमृत्यु भएको थियो ।

Comments

Top