स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण, चारै जना अस्पतालमा उपचाररत

spain-embassy

बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण भएको स्पेनका लागि नेपाली दूताबासले पुष्टि गरेको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुलाइ छुट्टाछुट्टैअस्पतालमा उपचार गराएको छ ।

बार्सिलोनामा बस्दै आएका एक नेपालीको भनेसान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको जनाइएको छ । संक्रमितहरु चारैजना पुरुष मध्ये तीनको अवस्था सामान्य छ भने १ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएकोसूचना दूतावासलाई प्राप्त भएको बताइन् । उनले संक्रमित ब्यक्तिहरु र परिवारलाई दूतावासको सम्पर्कमा आउन अनुरोधसमेत गरिन् ।

Comments

Top