इटाली र स्पेनमा मृत्यु दर बढ्यो, इटालीमा एकै दिन ७१२ र स्पेनमा ७१८ को मृत्यु

Spain_1

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारणनराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७१२ जनाको मृत्यु भएको छ ।अघिल्लो दिन मृत्यु संख्यामा केही कमी भए पनि एक्कासी बढ्दै उक्त संख्या पुगेको हो । हालसम्म विश्वभरमा २४ हजार भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

इटलीमा हालसम्म कोरोनाका कारण ८ हजार २१५ जनाको ज्यान गइसकेको छ ।इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । तर पछिल्ला दिनमा फेरि बढ्नाले चिन्ता थपिदिएको छ । बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएको छैन ।

त्यस्तै इटालीपछि मृत्युदरमा युरोपेली मुलुक स्पेनमा मृत्युदर ज्यादै बढ्दै गइरहेको छ । गत २४ घन्टामा मात्रै स्पेनमा इटालीमा भन्दा सबैभन्दा धेरै मानिसको मृत्यु भएको हो । स्पेनमा ७१८ जनाको मृत्यु भएको छ । यसबाट स्पेनमा कोरोना नियन्त्रण बाहिर गएको पुष्टी हुन्छ । हालसम्म स्पेनमा ४३६५ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top