पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल एयरलाइन्सको विमान ग्वाङझाओ जाने

Nepal Airlines
काठमाडौँ ।
शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान भएको छ । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ । औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जाने छ र भेन्टिलेटरलगायत उपचार सामाग्रीहरु लिएर आउने बताइएको छ।

Comments

Top