बेलायती प्रधानमन्त्री बाेरिस जोन्सनलाई कोरोना संक्रमण

UK_PM

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्।

प्रधानमन्त्री जोनसाेनले आफूमा हल्का लक्षण देखिएको र संक्रमणको नतिजा सकारात्मक देखिएपछि डाउनिङ स्ट्रिटमा सेल्फ आइसोलेसनमा बसेको बताएका छन् ।

एक विज्ञप्तिमा बेलायतका एक मेडिकल अधिकृतको सुझावका आधारमा उनको जाँच गरिएको थियो। सेल्फ आइसोलेसनमा बसे पनि उनले नियमित काम गर्ने बताइएको छ । जोनसले भाइरस संक्रमणका बारेमा एक भिडियोसमेत ट्वीट गरेका छन् ।

बेलायतमा अहिलेसम्म ११ हजारभन्दा बढी संक्रमित भएको पुष्टि भएको छ र ५ सय ७८ को मृत्यु भइसकेको छ ।
उनलाई अहिले उक्त भाइरसको सामान्य लक्षणमात्र देखिएको छ। यसअघि महारानी एलिजावेथका उत्तराधिकारी युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

Comments

Top