न्यूनतम आवागमन खुल्ला गर्ने उच्चस्तरीय समितिको निर्णय

Coro_committee

काठमाडौं।  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालकालागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकलेकोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेकोप्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्लागर्ने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराजखतिवडाले जानकारी दिए ।

भारतकोकोलकत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान मुलुकभित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सारविन्दुदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न, अलपत्र पर्यटकहरुलाई सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगलेपुर्याउने व्यवस्था मिलाउन आवागमन सामान्य खुकुलो गर्ने निर्णयगरिएको खतिवडाले बताए ।

त्यस्तै समितिलेविदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउनवित्तीय संस्थालाई आग्रह गर्नुको साथै एकैपटक भीडभाड हुने गरि बाहिरननिस्कन र दुरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधारणलाईअपिल गरेको छ ।

Comments

Top