लकडाउन उल्लंघन गर्ने १३९ जना शनिबार बिहानै पक्राउ, डिआइजी पोखरेल भन्छन् - अब कसैलाई छुट हुँदैन !

lock down arrest
काठमाडौं ।
लकडाउन उल्लंघन गर्ने १३९ जना शनिबार बिहानै पक्राउ परेका छन् । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लक डाउन उल्ल्ङघन गर्ने १३९ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल भन्छन्, ‘अब सबैले लकडाउन के हो र कसको लागि भन्ने बुझिसक्नु भएको छ । एउटा व्यक्तिको लापरबाहीले पूरै समाज संक्रमित हुनसक्ने भएकाले अब कसैलाई छुट हुँदैन ।’

Comments

Top