नेपालमा पाँचाैं संक्रमित भेटिइन्, बेल्जियमबाट फर्किएकी युवतीमा कोरोना संक्रमण भएको पुष्टी

 Corona_111

काठमाडौं । बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी उनी नेपालमा पाँचाैं संक्रमित हुन् ।

यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।  उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

अहिले संक्रमण देखिएकी किशोरी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएपनि आफ्नै घरमा बसेको बताएको छ ।

Comments

Top