इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, अमेरिकामा एक दिनमा ५ सय १५ को मृत्यु

29_italy
काठमाडौं । कोरोना भाइरसका कारण इटालीमा १० हजर बढीको ज्यान गएको छ । हालसम्मकै सबैभन्दा बढी मानिसको ज्यान लिएको छ । पछिल्लो २४ घन्टामा इटालीमा ८८९ जनाले ज्यान गुमाएको सञ्चारमाध्यमहरुले जनाएका छन् । यससँगै इटालीमा कोरोनाका कारण ज्यान गुमाउने १० हजार २३ जना पुगेको जनाइएको छ ।

इटालीसँगै स्पेनमा पनि दिनप्रतिदिन मृतकको संख्या ज्यादै बढ्दै गइरहेको छ । इटालीको हाराहारीमा दैनिक स्पेनका नागरिकहरुले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा स्पेनकी राजकुमारीसहित स्पेनमा ८४४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै अमेरिकामा पनि मृत्युदर ज्यादै उग्ररुपमा बढीरहेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकामा पछिल्लो२४ घन्टामा ५ सय १५ जनाले ज्यान गुमाएका छन् ।

Comments

Top