कोरोना कष्टः आधा विश्व मानिएको अमेरिका ‘तहसनहस’ हुने संकेत

  माइन्यूज भ्यूज 

29_US
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले सबैभन्दा धेरै अमेरिकामा क्षति पुर्याउने देखिएको छ । हालसम्म विश्वका ६ लाख भन्दा बढी बिरामीमा १ लाख २३ हजारभन्दा बढी अमेरिकामा नै संक्रमित संख्या भेटिएको छ भने उपचारपछि निको हुने दरमा पनि अमेरिकामा सबैभन्दा न्यून संख्या रहेको छ ।

हालसम्म अमेरिकाका १ लाख २३ हजार ४ सय २८ जना संक्रमितको पहिचान भइसकेको छ भने त्यसमा जम्मा ३ हजार २ सय ३१ जना मात्र उपचारपछि घर फर्किएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै अमेरिकामा पछिल्लो २४ घन्टामा मात्र १९ हजार ३ सय २ जना नयाँ संक्रमित फेला पर्नुले पनि अमेरिकालाई ज्यादै द्रुततर गतिमा संक्रमितको संख्या पुष्टि भएको छ । हालसम्म अमेरिकामा २ हजार २ सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेको तथ्यांक सार्वजनिक भएको छ ।

यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिन फिङसँग वार्ता गरि कोरोना संक्रमण नियन्त्रणमा संयुक्त रुपमा पहलसम्बन्धी गरेको छलफलबाट जतिसक्दो छिटो काम सुरु गरि नियन्त्रणतर्फ चिनको अनुभव प्रयोग गर्नुपर्ने देखिएको छ ।

त्यो भन्दा बढी अमेरिकी नागरिकहरु सचेत हुनुपर्दछ । यदि अमेरिकी नागरिकहरुलाई आफूलाई हुँदैन भन्ने मनमा परेको छ भने अहिलेसम्मको तथ्यांकले सचेत गराइसकेको हुनुपर्दछ । यही हिसाबले संक्रमितको संख्या बढ्दै जाने हो भने मर्नका लागि नडराउने अमेरिकीहरुलाई रोगसँगै भोकले पनि भविष्यमा तहसनहस बनाउन सक्नेतर्फ अमेरिकीहरुले बेलैमा सोच्नुपर्दछ ।

अमेरिकामा दिनप्रतिदिन मृतक र संक्रमितको संख्या गुणात्मक हिसाबले बढीरहेको तथ्यांक सार्वजनिक भएपछि अमेरिकाले ठूलो क्षति ब्यहोर्नु पर्ने लगभग निश्चित जस्तै देखिएको छ ।

पछिल्लो समयमा इटली, स्पेन, फ्रान्स र बेलायत जस्ता मुलुकहरुले धेरै मानिसहरु गुमाउनुपरेको तथ्यांक सार्वजनिक भइरहेका बेला यस भाइरसले विश्वको अर्थतन्त्रमा पनि तहसनहस बनाउने देखिएको छ ।

data

यसअघि कोरोना भाइरसका पीडित एवं अमेरिकी जनतालाई राहत दिने उद्देश्यले अमेरिकामा हालसम्मकै सबैभन्दा ठूलो राहत प्याकेज प्रदान गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्, र सो सम्बन्धी निर्णयमा हस्ताक्षर समेत गरिसकेका छन् ।

अमेरिकी सरकारले कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँंग जुधिरहेका आफ्ना करदातालाई १२ सय डलर बराबर सहयोग रकम दिने भएको छ । सरकारले दिन लागेको यो सहायता प्याकेजको विधयेक शुक्रबार कांग्रेसको सिनेटले पूर्ण बहुमतले पारित भएको छ ।

शुक्रबार भएको मतदानमा उपस्थित ९६ सिनेटरहरुले विधयेकको पक्षमा मतदान गरेका छन् । अमेरिकी इतिहासमै यो सबैभन्दा ठूलो आपतकालिन राहत प्याकेज हो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित भएको यो प्याकेज विधयेकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका थिए ।

दुई ट्रिलियन अमेरिकी डलरको सहायता प्याकेज वापत प्रत्येक करदातालाई १२ सय अमेरिकी डलरसम्म र विवाहित जोडीलाई २४ सय डलर सिधै बैंक खातामा पठाइनेछ । भने १७ बर्ष भन्दा कम उमेर समूहका बालबालिका भएका परिवारमा प्रत्येकलाई थप ५ सय डलर सहयोग रकम दिने जनाइएको छ । यसरी प्राप्त गर्ने रकम करदाताको खातामा सिधै जम्मा हुनेछ भने खाता नभएकाहरुको सन्दर्भमा घरघरमा चेक पठाउने जनाइएको छ ।

Trump

सन् २०१८ /२०१९ मा राज्यलाई आयकर तिरेका सबै करदातालाई यो रकम दिइनेछ । प्राप्त जानकारी अनुसार बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने प्रत्येक एक जनालाई १२ सय डलर सहयोग रकम प्राप्त गर्नेछन् । यस्तै विवाहित दम्पतीले संयुक्त आयकर तिरेका छन् र वार्षिक १ लाख ७५ हजार भन्दा कम आम्दानी छ भने त्यस्ता जोडीलाई २४ सय डलर पाउनेछन् ।

संसदबाट पारित भएको प्याकेज अनुसार ५ सय बिलियन डलर ऋणबापत खर्च गर्ने, एयरलाइन्स उद्योगका लागि ३२ बिलयन सहयोग गर्ने लगायतका शीर्षकमा रकम छुट्टाइएको छ । यस्तै कन्ट्राक्टमा काम गर्ने र सेल्फ इम्प्लोयडहरुले पनि संघीय सहायता रकम प्राप्त गर्नेछन् । विद्यार्थीहरुले लिएको ऋणमा सेप्टेम्बर ३० सम्म कुनै ब्याज तथा कुनै जरिवाना लाग्नेछैन् । यसअघि सन् २००८ मा आर्थिक मन्दीका बेला समेत सरकारले यस प्रकारको सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित