अनलाइनबाट सेवा दिँदै नेपाल लाइफ इन्स्योरेन्स

Nepal Life
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले 'म्याच्युरिटी क्लेमु र 'क्लेम इन्टिमेसनु अनलाइन सेवा संचालनमा ल्याएको छ। कम्पनीले आईतबार आफना ग्राहकहरुलाई अनलाइनबाटै सेवा प्रदान गर्न अनलाइन सेवा संचालनमा ल्याएको जनाएको छ।

यस सेवामा म्याच्युरिटीको समय पुगेका बीमितहरुले आफ्नो बीमा लेखको म्याच्युरिटी क्लेम गर्न सक्नेछन् । जस अनुसार कम्पनीले म्याच्युरिटी क्लेमको प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, 'क्लेम इन्टिमेसनु सेवा अन्तर्गत बीमीतहरुले अनलाइनको माध्यमबाट नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन्।साथै, कम्पनीले आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कमी हुन नदिन लकडाउन अवधिभर भरच्युअल अफिसुको रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरुलाई अनलाइन मार्फत सेवा दिइरहेको छ।

साथै कम्पनीले बीमीतहरुलाई यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ ९उमापति पोखरेल०, ९८५११५९३७९ ९दिगविजय सिंघल० वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा र उपशाखाहरु मार्फत जानकारी लिन आग्रह गरेको छ।

Comments

Top