वीर अस्पतालमा मृत्यु भएका दुवै जनाको कोरोना संक्रमण रिपाेर्ट 'नेगेटिभ'

Bir

काठमाडौं । कोरोना भाइरसकाे आशंकामा वीर अस्पतालमा मृत्यु भएका दुई जनाकाे रिपाेर्ट नगेटिभ आएकाे छ। आइतबार करिब ४० वर्षीया नैकापकी एक महिलाको वीर अस्पतालको आइसियुमा मृत्यु भएको थियो भने अर्का एक जनाको सोमबार दिउँसो अस्पतालको इमरजेन्सीमा मृत्यु भएको थियो।

उनीहरुलाई कोरोना भएको शंका गरिएको थियो। वीर अस्पताल स्रोतका अनुसार दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो। कोरोना उपचार टिमका एक चिकित्सकले भने, ‘टेकु ल्यावले उनीहरुमा नेगेटिभ आएको रिपोर्ट दिएको छ।’

नैकापका मृतककलाई सशस्त्र बल प्रहरी अस्तालबाट रेफर गरी वीर पठाएको थियो उनमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या थियो। यसअघि उनमा उच्च रक्तचापको मात्र समस्या रहेको र अन्य समस्या नभएको अस्पताल स्रोतले जनाएको छ।

Comments

Top