प्रहरीमा नयाँ भाँडभैलो ल्याउँदै देउवा ,भोलीबाट ३० वर्षे अबधि हटाउने तयारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केही एअाईजी र आफ्नै श्रीमती आरजु देउवाको उक्साहटमा लागेर प्रहरीमा नयाँ भाँडभैलो ल्याउन लागेका छन् । बालुवाटार उच्च स्रोतका अनुसार भोली बस्ने क्याबिनेटको बैठकले अध्यादेशमार्फत प्रहरीमा विद्यमान ३० वर्षे सेवा हद हटाएर ३२ वर्ष बनाउने गृहकार्यमा देउवा जुटेका छन् ।
भर्खरै डिअाईजीबाट एअाईजीमा बढुवा भएका बिबादास्पद एअाईजी हेमन्त पाल र देउवा पत्नी आरजुको डिजाइनमा ३० वर्षे सेवा हद हटाएर ३२ वर्ष बनाउने तयारी भएको हो । स्रोतका अनुसार यो खेलमा पर्दा पछाडिबाट आनन्द बतास नामका व्यापारी र उमेश श्रेष्ठले सहयोग गरेका छन् ।
उक्त गलत निर्णयले प्रहरीमा ठुलो बिबाद उत्पन्न हुने भन्दै उच्च प्रहरी अधिकारीहरुले चुनाव अघी देउवालाई गलत निर्णय नगर्न सुझाव दिएका थिए । तर, अहिले एकाएक देउवाको मनस्थिती नै करोडौको लोभमा लागेर आरजुले बदलेपछी भोलीको क्याबिनेटले बिबादास्पद निर्णय गर्न लागेको प्रहरी अधिकारीहरु वताउंछन्। प्रधानमन्त्री देउवाले जाँदाजाँदै प्रदेश प्रमुखको नियुक्ति, नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउने र डीआईजीदेखि डीएसपीसम्म बढुवा गर्ने र सशस्त्र प्रहरीमा एआईजीको पद थप्ने तयारी गरेका हुन ।
एमालेले भने विज्ञप्ति जारी गरेरै काम चलाऊ सरकारले कुनै ठुलो निर्णय गरे आफ्नो सरकार बनेपछि उल्त्याउने चेतावनी दिएको छ । एमाले महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिलेको कामचलाउ सरकारले गरेका सम्पूर्ण निर्णय नयाँ बन्ने वाम गठबन्धनको सरकारले खारेज गर्ने चेतावनीसमेत दिइएको थियो ।
प्रतिक्रिया