एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने, पौडेल पक्षद्वारा ६ जनाको दावी

[caption id="attachment_27518" align="alignleft" width="800"] Photo: THT[/caption]

काठमाडौं। प्रधानमन्त्री शेरबहादु देउवाले एक साताभित्र मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । पार्टिभित्रको किचलोका कारण देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् चने आफ्नै सचिवालयसमेत बनाउन सकेका छैनन् ।

 मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदै पौडेल पक्षले मन्त्री पठाउने कि नपठाउने भन्ने निर्णय लिन सकेको छैन । पौडेल पक्षले ६ जनाको दावी गरेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले अबको एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने बताए । माओवादी केन्द्रका अध्यष प्रचण्डले पनि सरकारमा पठाउने मन्त्रीहरुको बारेमा छलफल गर्न गृहकार्य अघि बढाउका छन् ।

 माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित तीन जना मन्त्री सहभागी भइसकेका छन् भने, थप ६ जना मन्त्री पठाउन बाँकी छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित