३० हजार कर्मचारी हटाउँदै ब्रिटिस एयरवेज

British Airways
बेलायती विमान कम्पनी ब्रिटिस एयरवेजले आफ्ना ३० हजार कर्मचारी हटाउने तयारी गरेको छ। एअरवेजले कोरोना भाइरसको प्रकोपका कारण सिर्जित पछिल्लो परिस्थितिलाई देखाउँदै कम्पनीले कर्मचारीको कटौती गर्न लागेको छ ।

कोरोना भाइरसको महामारीका कारण आफ्ना अधिकांश जहाज ग्राउण्डेड भएपछि एयरवेजले विगत एकसाता देखि कर्मचारी हटाउन युनाइट यूनियनसँग वार्ता गरिरहेको थियो। दुबै पक्ष वृहत सम्झौता गर्न सहमत भएपनि केही बुँदाहरूमा भने सहमत हुन बाँकी रहेको बताइएको छ । यस सम्झौताको अर्थ ब्रिटिस एयरवेजका ८० प्रतिशत कर्मचारीले आफ्नो रोजगार गुमाउनेछन् ।

यस निर्णयले ग्याटविक र लन्डन सिटी एयरपोर्टका सबै कर्मचारीहरूलाई असर पार्नेछ। एयरलाइन्सले कोरना भाइरसको महामारी नसकिदांसम्मका लागि यी दुई स्थानहरूको काम स्थगित गरिसकेको छ। यसबाट प्रभावित हुने कर्मचारीले सरकारको कोरोना भाइरस राहत योजनाबाट आफ्नो तलबको केही रकम पाउनेछन्। उनीहरूले यस योजना अन्तरगत मासिक २५ सय पाउण्डसम्म पाउनेछन्।

उता युनाइट युनियनले भने कर्मचारी अझ बढी रकम दिन जोड गरिरहेको छ। यसैगरी ब्रिटिस एयरवेज आफ्ना पाइलटहरूसँग बेग्लै सम्झौतामा पुगेको छ। पाइलटहरू आफूले पाउँदै आएको तलब भन्दा ५० प्रतिशत कम तलब लिन सहमत भएका छन्।
बिबिसी

प्रतिक्रिया

सम्बन्धित