नेदरल्याण्डका नागरिक लैजान मलेसियन एयरको चार्टर बिमान काठमाडौं आउँदै

Air Asia

काठमाडौ ।
नेदरल्यान्डले सरकारले नेपाल लकडाउनमा परेका आफ्ना नागरिकलाई आज स्वदेश लैजाने भएको छ । मलेसियन एयरको चार्टर बिमान मार्फत उनीहरु स्वदेश र्फकन लागेको हुन् ।

बिहान सबा १० बजे काठमाडौंमा त्रिभुबन बिमानस्थल अबतरण गर्नै उक्त जहाजले ३ जना नेपाली १ जना फ्रेन्च, १ जना ब्रिटीस १ जना ग्रिक र ११७ जना नेदरल्याण्डका साथै अन्य देशका केही नागरिक लैजाने जनाइएको छ । लकडाउनपछि यूरोपेली मुलुक सहति अष्ट्रेलिया र अमेरिकाका नागरिक फिर्ता भएका छन् । लकडाउनपछि कतार एयर, नेपाल एयर र मलेसियन एयर चार्टर भएका छन् । यात्रु पुर्‍याउनको लागि ५ दिनको अवधिमा ६ वटा विमान चार्टर भएकोमा ४ वटा कतार एयरका छन् भने १ र१ वटा नेपाल एयर र कतार एयरको रहेका छन् । यात्रुलिएर बिमानले साढे ११ बजे काठमाडौंबाट उडान गर्ने बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित