झ्याल उक्काएर थुनुवा फरार

Surkhet Police office
सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा भागेका छन् । लागु औषध कारोबार अभियोगमा पक्राउ परेका उनीहरु हिरासतको झ्याल उक्काएर भागेका हुन् । तीनै जना राती १ बजे हिरासतको झ्याल उक्काएर भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भाग्नेहरुमा वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, वीरेन्द्रनगर–६ का रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का सुनिल थारु रहेका छन् । भागेकाहरुको खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले बताए।

थुनुवा झ्याल नै उक्काएर भाग्दा पनि प्रहरीले भने बिहान मात्र थाह पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित