हेलिकप्टर चार्टर गरी गाउँपालिकामा औषधि लगियो

Helicopter Charter
डोल्पा ।
डोल्पामा हेलिकप्टर चार्टर गरी गाउँपालिकामा औषधि लगिएको छ । काठमाडौँबाट हेलिकप्टर चार्टर गरी जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकाले औषधि र केही उपकरणहरू लगेको हो ।  गाउँपालिकाले मास्क, सेनेटाइजर, साबुन, क्वारेन्टाइन निर्माणको लागि ब्लाङकेट, लगायत स्वास्थ्य चौकीका लागि चाहिने अन्य औषधि र अक्सिजन कन्स्ट्रक्सन गरी ३ क्विन्टल भन्दा धेरै औषधि र उपकरण गाउँपालिकाको केन्द्रमा पुर्‍याएको स्वास्थ्य इन्चार्ज एचए निमादार्के गुरुङले जानकारी दिए । बिहीबार बिहानै करिब ४ लाख हाराहारीको औषधि हेलिकप्टरबाट शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ हो ।

गाउँपालिकाले ७ लाख पच्चीस हजारमा हेलिकप्टर चार्टर गरेर स्थानीयको लागि कोरोना भाइरसबाट बच्न पूर्व तयारीका लागि औषधि र सामाग्रीहरू लगेको गाउँपालिका अध्यक्ष टासिटुण्डुप गुरुङले जानकारी दिए । चीनको तिब्बतसँग सीमा जोडिएको जिल्ला भएको कारण पनि नागरिक सचेत गराउनका लागि पूर्व तयारीका लागि हेलिकप्टरबाटै औषधि र सामाग्रीहरू लगेको गाउँपालिका अध्यक्ष गुरुङले दाबी गरे ।

यति बेला चिनको तिब्बततिरको नाका हिउँले शील गरेपछि तिब्बतबाट भन्दा पनि सहर वाट आउने मानिसहरूबाट खतरा बढी रहेकोले तत्काल क्वारेन्टिन निर्माण गर्ने र नागरिकलाई सचेत गराउने अत्यावश्यक रहेकोले आफूहरू लागि परिरहेको स्वास्थ्य इन्चार्ज निमादार्के गुरुङले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित