‘कोरोनाभाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’मा बिमा समितिद्धारा ५ करोड सहयोग प्रदान

beema_samiti_sCcxusZGbb
काठमाडौं।
बिश्ब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भाबित जोखिम कम गर्नका लागि नेपाल सरकारले बनाएको ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा बिमा समितिले ५ करोड सहयोग प्रदान गरेको छ ।
समितिले कोषको खाता रहेको राष्ट्रिय वाणिज्य बैंकमा चेक जम्मा गरेको छ । कोरोनाभाइरसको महामारी विश्वव्यापी बनेसँगै यसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा सवै क्षेत्रबाट सहयोग आउने क्रम जारी छ । यस्तैमा बिमा सतितिले पनि कोषमा ५ करोड सहयोग प्रदान गरेको हो ।

कोरोनाभाइरस ९कोभिड–१९० ले विश्व नै आक्रान्त बनेको बेला सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।
कोरोनासम्बन्धी जोखिम फैलिरहेको अवस्थामा अर्थतन्त्रमा पर्न सक्ने असर, पूर्वाधारमा लगानी गर्नुपर्ने भएकाले उक्त कोष स्थापना गरेको सरकारले जनाएको छ ।

कोषको यो रकम कोरोनासँग सम्बन्धित क्षेत्रमा पूर्वाधार तयार, स्वास्थ्य सामग्रीको आपुर्तिलगायतमा खर्च गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित