३१ स्थानको मत परिणाम आउँदा कसले कहाँ मारे बाजी ? (नाम सहित)

काठमाडौं : दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ। प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते बुधबार भएको निर्वाचनको मत परिणाम आउनेक्रम पनि जारी छ । निर्वाचन भएका स्थानहरुमा बिहीबारदेखि मतगणना सुरू भएको हो। अहिलेसम्म ३१ स्थानको मत परिणाम आइसको छ । जसमध्ये एमालेले १४ स्थानमा जीत हासिल गरको छ भने नेपाली कांग्रेस १० स्थानमा जीत हासिल गरेको छ । त्यसैगरी माओवादी केन्द्रले ६ स्थानमा जीत हासिल गरको छ भने राष्ट्रिय जनमोर्चाले एक स्थानबाट खाता खोलेको छ । कहाँ को विजयी ? कांग्रेस जितेकाे स्थानीय तह बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल छेडदह गाउँपालिकाः नरबहादुर रावत बझाङ काँडा गाउँपालिकाः राजेन्द्र बोहरा संखुवासभा चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा सिलिचोङ गाउँपालिकाः राम बहादुर राई दार्चुला महाकाली नगरपालिकाः हंसराज भट्ट गुल्मी दरबार गाउँपालिकाः अशोककुमार थापा डडेल्धुरा भागेश्वर गाउँपालिकाः कौशिला भट्ट आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ डोटी केआइसिं गाउँपालिकाः लोकेन्द्र शाही

एमाले जितेकाे स्थानीय तह डडेलधुरा अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा) बझाङ मष्टा गाउँपालिकाः कर्णबहादुर रावत थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी बाजुरा पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही खोटाङ जन्तेढुंगा गाउँपालिकाः शंकर राई बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया बैतडी पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द ताप्लेजुङ मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ भोजपुर रामप्रसाद राई गाउँपालिकाः बिजय राई दार्चुला लेकम गाउँपालिकाः परमानन्द जोशी उदयपुर ताप्ली गाउँपालिकाः उद्दवसिंह थापा नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे

माओवादी जितेकाे स्थानीय तह सोलुखम्बु लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत महाकुलुङ गाउँपालिकाः सागर कुलुङ दाङ बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली रुकुम पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती भुमे गाउँपालिकाः रामसुर बुढा मगर डडेल्धुरा अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’ राष्ट्रिय जनमोर्चा जितेकाे स्थानीय तह प्यूठान मल्लरानी गाउँपालिकाः अम्मरध्वज राना

प्रतिक्रिया

सम्बन्धित