आफ्नै गाडी पठाएर अलपत्र बिरामीको उद्दार गरे राज्यमन्त्री मानन्धरले

Birami-Uddar-Rambir-Manandhar
काठमाडौं।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन् । मानन्धरले बिहीबार साँझ साँढे पाँच बजे बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि आफ्नै गाडी पठाएर उद्दार गराएका हुन् ।

बिरामी घिमिरेका आफन्तले अलपत्र अवस्थामा मन्त्रीलाई टेलिफोन गरेर जानकारी गराएका पछि ज्वरो र झाडापखाला लागेर उपचार गर्न बालाजु आएका जीपपुर रामघाटका ६६ वर्षीय नवराज घिमिरेको उद्दार गरी घरसम्म लगिएको हो ।

मन्त्रीले गाडी नै पठाएर उद्दार गरेपछि बिरामी घिमिरेले सरकारले जनताको रक्षाका लागि गरेको कामबाट निकै खुसी लागेको बताए। लकडाउनका बेला बिरामी, असक्त र कमजोर आर्थिक अवस्थाका नागरिकका लागि सरकारले उद्दार र राहतको कामलाई तिब्रता दिएको मन्त्री मानन्धरले बताए ।

काठमाडौंमा समस्यामा परेका सर्वसाधारणको सहयोगका लागि आफु निरन्तर लागिरहेको बताउँदै मन्त्री मानन्धरले नेपाल सरकार जनताको सुख दुखमा सँगै रहेको बताए । यस अघि पनि मन्त्री मानन्धरको सचिवालयले काठमाडौंका विभिन्न स्थानमा समस्यामा परेका सर्वसाधारणलाई सहजिकरण गरिरहेको छ ।

स्वकिय सचिव श्रेष्ठका अनुसार काठमाडौंका विभिन्न स्थानमा एकल बृद्धबृद्धा, बिरामी र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका लागि अत्यावश्यकिय औषधि, खाद्यान्न, ग्याँस लगायतका वस्तुहरु आपुर्तिमा सचिवालयले सहजीकरण गरिरहेको छ । समस्यामा परेका सयौं सर्वसाधारणलाई आवश्यक सहजिकरण गरिएको श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित