प्रभु बैंकद्धारा कोरोना कोषमा १ करोड १ लाख आर्थिक सहयोग

prabhu-bank-building

काठमाडौं । 

प्रभु बैंकले देशमा आईपर्ने संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

ैबैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराउँदै विभिन्न समाजउपयोगी कार्यक्रमहरुमा आप्mनो उपस्थिति जनाउँदै आएको छ । बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराएको यो सहयोगराशीबाट कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार एवं कोरोना संक्रमण महामारीबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्ने नेपाल सरकारको कार्यमा सहयोग पुग्नेछ भन्ने विश्वास समेत लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित