ओम्नी समूहसँग भाटभटेनीलाई जोडेर आएका समाचार प्रति भाभटेनी समूहको आप्पति

bhatbhateni

काठमाडौं ।

ओम्नी समूहसँग भाटभटेनीलाई जोडेर आएका समाचार प्रति भाभटेनी समूहले आप्पति जनाएको छ । भाटभटेनी समुहले बिधमान कोरोना संक्रमण महामारीको वर्तमान अवस्थामा देशले निकै असहज परिस्थितीसँग जुधिरहेको बेलामा कुनै एक कम्पनीले ल्याएका स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा भाभटेनी समूहलाई जोडेर मिडियामा आएको समाचार प्रकाशित भएको र यस सन्दर्भमा भाटभटेनी समूहको नाम अनर्गल तवरले जोडिएकोमा ध्यान आकृष्ट भएको बताएको छ ।

उक्त बिषयमा आज बिज्ञप्ती जारि गर्दै कम्पनीले भनेको छ -"अहिले विवादमा रहेको कंपनी ओम्नी समूहको कार्यालय पुल्चोक स्थित भाट भटेनीको माथिल्लो तल्लामा रहेको छ । उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउँछ । भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्पक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मान मर्दन गर्न केही संचार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं । हाम्रो परिसरमा भाडामा बसेको संस्थाले गरेको कुनैपनि प्रकारको कामको भागिदार हामीलाई बनाउन खोज्नु पित पत्रकारिताको कुरुप नमुना मात्र हो "। साथै सम्पूर्ण व्यावसायिक र सत्य, तथ्य समाचार संप्रेषणगर्ने समाचार संस्थाहरूलाई भाटभटेनीको विषयमा कुनै प्रकारको भ्रममा नपर्न पनि यही विज्ञप्ति मार्फत हामी सादर अनुरोध गर्दछौं ।

त्यस्तै बिज्ञप्ती मार्फत भाटभटेनी समुहले संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड–१९को समस्यामा जुध्नका लागि भाटभटेनी समूहले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको पनि बताएको छ । संस्थाले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा रु एक करोडको आर्थिक सहयोग प्रदान गरिसकेको छ भने सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रति प्रदेश रु। २५ लाख सहयोग गर्ने घोषणा समेत गरेको कम्पनीले जनाएको छ । कम्पनीले प्रदेशको कोषमा जम्मा गर्ने रकम चाँडैनै मुख्यमन्त्रीज्यूहरूलाई हस्तान्तरण गर्ने बताउदै अहिलेको अवस्थामा सर्वसाधारणलाई अत्यन्त आवश्यक पर्ने खाद्यान्न र सागसब्जी हामीले घर–घरमै पु¥याउने व्यवस्था गरिरहेको जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित