प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थी संकटमा

Australian PM
काठमाडौं ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ । मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हुन्।

कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका छन् । जसका कारण पनि नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको छ । अधिकांश नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन् । तर, अहिले कार्यस्थल बन्द हुँदा उनीहरुले काम गुमाउन परेको छ ।

अष्ट्रेलियामा करिब ५५ हजार नेपाली विद्यार्थी रहेका छन् । कोरोनाका कारण ३० हजार बढी विद्यार्थीले आफ्नो काम गुमाइसकेको त्यहाँ अध्ययनरत सन्तोष लामिछानेले नागरिकलाई बताए। ‘यहाँको लकडाउन अझै २र३ हप्ता यस्तै हुने हो भने केही विद्यार्थी सडकमै आउन पर्ने अवस्था सिर्जना हुनसक्छ’, उनले भने, ‘नेपाल सरकारले विद्यार्थीको लागि घर फर्किने बाटो खुला गरिदिए उनीहरु फर्किन सक्थे ।’

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयले यस विषयमा अष्ट्रेलिया स्थित नेपाली राजदूतसँग कुरा गरिरहेको बताए । तत्काल नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन सम्भव नहुने उनले बताए । गैरआवासीय नेपाली र विद्यार्थीलाई अष्ट्रेलिया पठाउने संस्थाहरुसँग पनि कुरा गरिरहेको र विद्यार्थीलाई सहयोग गर्न आग्रह गरेको उनले बताए। नयाँ शैक्षिक सत्रका लागि अनुमति लिएका विद्यार्थीको लगत निकाल्ने काम भइरहेको मन्त्री पोखेलले बताए।
नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित