प्रधानमन्त्री ओलीद्धारा चीनले आज मनाइरहेको राष्ट्रिय शोकमा ऐक्यवद्धता

PM Oli
काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले आज मनाइरहेको राष्ट्रिय शोकमा ऐक्यवद्धता जनाएका छन् ।

आफ्नो व्यक्तिगत ट्वीटर ह्यान्डलमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्– नेपाल सरकार, नेपाली जनता र मेरो व्यक्तिगत तर्फबाट चीन सरकार र त्यहाँका जनताप्रति राष्ट्रिय शोक दिवसमा कोभिड १९ सँग लडेर ज्यान गुमाउने हिरोहरुको सम्झनामा ऐक्यवद्धता जनाउँछु ।

KP OLI Tweet
चीनमा कोरोना भाइरसका कारण मृत्यु भएका र सङ्क्रमितको उपचार गर्दागर्दै ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा चीनभर आज राष्ट्रिय शोक समेत मनाइएको छ । कोरोना भाइरस ९कोभिड–१९० का कारण मृत्यु भएका सबै र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरिएको हो ।

राष्ट्रिय शोक दिवसका रूपमा चीनको राष्ट्रिय झण्डासमेत आधा झुकाइएको छ । सवारीसाधनमा समेत हर्नको रुपमा परम्परागत शोक धुन बजाएका छन् ।
चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित