एनआईएशिया बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता

Online Accoutn Opening NIC
काठमाडौं ।
एन आई सी एशिया बैंकले बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ । बैंककोे आधिकारीक वेवसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सकिने समेत बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुल खाता खोलिसकेपछि पाउनु भएको खाता नम्बरको आधारमा बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सकिने छ । अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ जसले गर्दा ग्राहक महानुभावहरुलाई वार्षिक रु १४००० फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको बैंकले जनाएको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले रु ५०० सम्म रकम फिर्ता पाउन सकिने र देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध हुने बैंकले जानकारी गराएको छ । त्यस्तै ग्राहकहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु ४००० सम्मको रकम फिर्ता पाउन सकिने ब्यबस्था समेत बैंकले गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा त्तच् सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित