पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

Dubayara
भक्तपुर ।
भक्तपुरमा इट्टाभट्टामा इट्टा बनाउनको लागि चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेरे एकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा रहेको चारपाटे वि.एम. इट्टाभट्टामा इट्टा बनाउनको लागि जम्मा गरेको पानीको पोखरीमा डुबेर उदयपुर गाइघाट नगरपालिका वडा नं. ४ आमटार घर भई हाल भट्टामा काम गर्ने ३० बर्षीय मुकेश राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक राज कुमार थापाको कमाण्डमा गएको प्रहरी टोलीले शव पोखरीबाट निकालेको हो । मृतकको लासलाई पोष्टएमार्टमको लागी भक्तपुर अस्पताल दुधपाटी पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित