मध्यपुर थिमी नगरपालिकासँगको सहकार्यमा मानविय आस्था नेपालद्वारा राहत वितरण

Rahat 1

भक्तपुर । कोरोना भाइरसका कारण मुलुकभर नै लक डाउन भइरहेको अवस्थामा दैनिक ज्याला मजदुरी गरी आफ्नो दैनिक जीविको पार्जन गर्ने विपन्न परिवारलाई सहयोग स्वरुप मानविय आस्था नेपालले राहत वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संरक्षकत्व तथा श्रीकुमार रञ्जितको अध्यक्षतामा संचालनमा रहेको उक्त संस्थाले आज मध्यपुर थिमी नगरपालिकासँगको सहकार्यमा दुई सय ९५ विपन्न घर परिवारलाई राहत बितरण गरेको हो । आज संस्थाले मध्यपुर थिमी नगरपालिका अन्तरगत वडा नं २ मा ६५, ३ मा ७५, ५ मा ५५, ८ मा ५० र ९ मा ५० गरी जम्मा दुई सय ९५ विपन्न घर परिवारलाई राहत वितरण गरेको हो ।

मानविय आस्था नेपालको आयोजना तथा मध्यपुर थिमी नगरपालिकासँगको सहकार्यमा भएको उक्त राहत वितरण कार्यक्रममा आर्ट अफ लिभिडद्वारा २०० परिवार तथा वाग्मती टिपर व्यवसायी संघद्वारा ९५ परिवारलाई राहत सहयोग गरिएको थियो । मध्यपुर थिमी नगरपालिका नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, नेकपा जिल्ला अध्यक्ष बचन देउजा, सम्बन्धीत वडाका वडाध्यक्ष, जनप्रतिनिधि, वेभ ग्रुपअध्यक्ष नरेश रन्जित, समाजसेवी दिनेश थापालगायतका व्यक्तित्वहरुको उपस्थितमा उक्त राहत वितरण गरिएको छ ।

त्यस्तै मानविय आस्था नेपालको सहयोग तथा मानव कल्याणको सहकार्यमा कोरोनाका कारण सरकारले लकडाउन गरेको समयभर सडक मानव तथा असाहायलाई जहा छन् त्यहाँ नै पुगी दैनिक एक छाक खाना खावाउने कार्य समेत गरिरहेको छ । भिडभाडका कारण कोरोना भाइरस सर्ने अत्याधीक सम्भावना रहेका कारण सरकारले भिडभाडलाई नियन्त्रण गर्न लकडाउनको घोषणा गरेसँगै सरकारको घोषणालाई विशेष ध्यानमा राखी भिडभाडमुक्त रुपमा राहत वितरण गरिएको छ । वितरण गरेको राहतमा चामल, दाल, चिउरा, तेल, नुन, चाउचाउ, तरकारी लगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित