कोरोना बिर्साउने चितुवा

chituwa

बैतडी ।

ओछ्यानमा सुतिरहेकी मेरी ९ वर्षकी छोरीलाई घिसारेर खाने चितुवा यही हो १’ विशालपुर डाँफेपीपल गाउँकी गुनडी लोहार आँसु खसाल्दै भीडमा आइपुगिन् । भीडको बीचमा खोरबाट निकालिएको चितुवा थियो । चितुवा गुनडी लोहारको गाउँमै विज्ञले थापेके खोरमा फसेको हो ।

कोरोना भाइरसको त्रासले ११ दिनसम्म घरभित्र बसेका विलापुरबासी शनिबार नरभक्षी चितुवा हेर्न ठूलो भीड जम्मा गरेर घरबाहिर निस्किए । प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे पर्‍यो ।

चितुवाले २५ जना बालबालिकाको शिकार गरेर स्वराडलाई शोकमा डुबाएकोले मन थाम्न नसकेर घर बाहिर निस्केको धेरैको भनाई थियो । यद्यपि भीडमा सजकता अपनाइएको थिएन । जनप्रतिनिधिसमेत बिना मास्क भीडमा देखिन्थे ।

डाट्रिङ गरेर खोरबाट निकालिएको चितुवालाई होसमा ल्याउन हतारहातर गाडीमा फलामे पिजडाभित्र राखेर होस खुल्ने औषधि दिएपछि गाडी चल्नुअघि स्वराडमा चितुवा अन्तिम पटक पुनः गर्जियो ।

नेपालकै बढी चितुवा प्रभावित जिल्लाका रुपमा बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै थप चितवा रहेको बरिष्ठ वन्यजन्तु अधिकृत विष्णुबहादुर लामाले बताउए । एक÷दुई दिनमै अर्को पनि चितुवा खोरमा फस्छ, लामाले दाबी गरे ।

शुक्रबार बिहान मेलौली नगरपालिका–९, विशालपुरको डाँफेपीपल गाउँमा चितुवा खोरमा फसेको थियो । चितवनबाट रातारात बैतडी आइपुगेको विज्ञ टोलीले शनिबार खोरमा फसेको चितुवाको उद्धार गरेर चितवन लगेका छन् । चितुवा पोथी रहेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए ।

विज्ञ टोलीले बनाएको काठको खोरमा चितुवा फसेको खबर आएपछि चितुवालाई लिन चितवन राष्ट्रिय निकुञ्जका पाधिकारी शनिबार बिहान बैतडी आइपुगेका थिए ।

चितुवालाई डाट्रिङ गरेर बेहोस बनाएर गाउँबाट बोकेर सडकमा ल्याइएको थियो । सडकबाट दुईसय मिटरको दूरीमा रहेको मेलौली नगरपालिका–९, डाँफेपीपल गाउँका स्थानीयले खुशीयाली मनाउँदै बरिष्ठ वन्यजन्तु अधिकृत विष्णुबहादुर लामालाई फूलामाला र अबिर लगाएका थिए ।

खोरमा फसेको चितुवाको उद्धार गरेर चितवन लगिएपछि गाउँमा खुशीयाली छाएको मेलौली नगरपालिका –९,का वडा सदस्य भीम भट्टले बताए ।

जुन बाटो आएर ९ वर्षिया बालिकालाई खाएको थियो सोही बाटोमा निर्माण गरिएको काठको खोरमा चितुवा फसेको भट्टले बताए । खोरभित्र बाख्राको पाठो राखिएको थियो । चितुवाले पाठोलाई भने मारेको उनले जानकारी दिए ।

२०६८ साल असारदेखि २०७६ फागुनसम्म बैतडीको तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चितुवाले अक्रमणमा गरेर २५ जना बालबालिकाले ज्यान लिइसकेको छ भने १३ जना घाइते बनाएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित