रासन लिएर श्रमिकको डेरामा पुगे राज्यमन्त्री रामवीर मानन्धर

Rajya Mantri Manandhar
काठमाडौँ ।
लकडाउनका कारण काममा निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर रासन लिएर पुगेका छन् ।

‘लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन, हामी साथमा छौं’ भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरी बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गर्न पुगेका हुन्।

हुसेनको परिवारले राज्यमन्त्री मानन्धरलाई खाद्यान्न अभाव भएको खबर गरेपछि मानन्धर त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ । खाद्यान्न पाएपछि हुसेनको परिवार निकै भावुक बनेको थियो ।

यसअघि पनि मन्त्री मान्नधरले अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित