सूर्यविनायकका मेयर र उपमेयर दुबैद्वारा घरभाडा मिनाहाको घोषणा

basudeb-thapa-mayor
भक्तपुर । 
बिश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाब कम गर्नका लागि नेपाल सरकारले लागु गरेको देशब्यापी लकडाउनका कारण कोठा भाडामा लिएर बस्ने बर्गलाई असर परेको भन्दै सूर्यविनायक नगरपालिकाका मेयरले आफ्नो घरमा बहालमा बस्नेलाई घर भाडा मिनाहाको घोषणा गरेका छन् । मेयर थापाले शनिवार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् ।

सूर्यविनायक नगर प्रमुख थापाले काठमाडौं महानगरपालिका ३१ स्थित आफ्नो ब्यक्तिगत घरमा भाडा लिएर बस्नेहरु सबैसंग भाडा नलिने बताएका हुन् । उनले आफ्नो घरको ६ फल्याट भाडामा लगाएका छन् जसमा ६ परिवार बसिरहेका छन् । ”उनीहरु सबैसंग चैत्र महिनाको घरभाडा नलिने निर्णय गरेको हुँ।” मेयर थापाले भने । घर वहालमा बस्नेहरुको घरभाडा नलिनु भन्ने नेपाल सरकारको सुझावलाई समर्थन गर्दै आफूले यस्तो घोषणा गरेको उनले बताएका छन् ।

 Bashudev Facebook

त्यस्तै सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले पनि आफ्नो घरमा भाडा लिएर बसिरहेका डेरावालको भाडा नलिने भएकी छन् । उपप्रमुख बस्नेतले आफ्नो सूर्यविनायक नगरपालिका वडा नम्बर २ स्थित निजी निवासमा २ फ्ल्याट भाडामा लगाएकी छन् । आइतवार उनले आफ्नो घरमा डेरा गरी बस्नेहरुको  चैत्र  महिनाको भाडा नलिने बताएकी हुन् । जुना बस्नेतले आफ्नो सूर्यविनायक नगरपालिका वडा नम्बर २ स्थित निजी निवासमा २ फ्ल्याट भाडामा लगाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित