कोरोना कष्टः ‘जब आफन्त जीवीतै रहेको खबर डाक्टरको एक फोनमा सुन्नुपर्छ...’

nima

काठमाडौं । आइतबार साँझ नेपाली सञ्चारमाध्यममा एकाएक समाचार आयो अमेरिकामा ४ जना नेपालीको कोरोना भाइरसकै कारण मृत्यु... । नाम पनि खुलीसकेकोले अमेरिका र नेपालमा रहेका सबै आफन्त शोकमा डुबे । यसैबीच ङिमा तेम्बा शेर्पाको परिवार पनि शोकमा डुब्यो ।

धार्मिक रितिरिवाजअनुसार शेर्पाको परिवारमा मृत्युपछि हुने पूजापाठ सुरु गरिसकिएको थियो । तर, वास्तविकता जब बदलियो उनलाई उपचारका लागि भर्ना गरिएको अस्पतालले उनको मुटु चलिरहेको जानकारी दियो ।

शेर्पाका दाजु ल्हाक्पा युला शेर्पाले सामाजिक सञ्जालमा यस बारेमा लेखेपछि मात्र वास्तविक कुरा थाहा भयो । उनले आफ्नो स्टाटसमा लेखेका छन्,


सम्पूर्ण नातागोता, आफन्तजन
तथा शुभ चिन्तकहरुमा टशी देलेग१
हाम्रो भाई ङिमा तेम्बा शेर्पाको सन्बन्धमा हिजो अस्पातलबाट परिवारलाई दिएको जानकारी अनुसार अब मानिस काम नलाग्ने जानकारी दिएपछि हामीले उहाको नाममा पूजापाठ गर्ने देखि लिएर फेसबुकमा श्रद्धान्जली लेख्ने समेत काम भएको थियो। अहिलेको परिस्थिति अनुसार परिवार कोही पनि त्यहा जान नमिल्ने भएको हुँदा उनीहरुको सूचनामा भर पर्नु पर्ने भएको हुँदा आज बिहान अस्पातल संपर्क गर्दा उहाको मुटु चलिरहेको जानकारी प्राप्त भएको छ, हामी सबैले उहाको स्वास्थ्य लाभ प्रार्थाना गरौ।
हामीले दिएको जानकारी अनुसार नै भाईका साथीभाई तथा शुभचिन्तकहरुले श्रद्धान्जली समेत लेखेका हुन्, त्यस बिषयमा हामी अन्यथा लिने छैनौं। सम्पूर्ण महनुभाव तथा संघसस्थाहरुलाई यो जानकारी गराउन्दै हामीले अस्पातलको सूचनाकै भर पर्नु पर्ने भएको हुनाले पर्न गएको दुबिधाप्रति क्षमा चाहन्छु। थुची छे !
ल्हाक्पा युला शेर्पा (दाई)


यसबाट हाम्रा दाजुभाईहरुले यस विषम परिस्थतिमा परदेशी भूमिमा भोगीरहेको पीडा छर्लंग हुन्छ । जहाँ, आफन्तको अवस्था अस्पतालको एक फोनमा सुन्नुपर्छ । कतिबेला अस्पतालको फोन आउँछ, त्यसको प्रतिक्षामा रहनुपर्छ पीडामा छटपटिँदै ।

Lakpa

उनले जनाएअनुसार अहिले विश्वभरिनै महामारीको रुप लिइ रहेको कोरोना भाइरसका कारण अमेरिकी सरकारले अपनाएको साबधानीका कारण अस्पतालमा भएका बिरामीलाई भेट्न जान सम्भव नहुने रहेछ । वास्तविकलाई सबैले मनन् पनि गर्नुपर्दोरहेछ ।

जब आफ्नै परिवारका सदस्यहरु नै आफन्तको मृत्युको समाचार सुन्न बाध्य भइरहेका बेला अन्य आफन्तले त्यसमा सान्त्वना दिनुमा कुनै अनौठो रहेन । दुःखमा साथ दिने नेपाली समाजको परम्पराअनुसार नै सबै सहृदयीहरुले सान्त्वना दिइरहनु अन्यथा नमान्दै शेर्पाका दाजुले सार्वजनिक गरेको वास्तविकतासहितको अभिव्यक्तिप्रति हार्दिक नमन गर्दै निजको शीघ्र स्वास्थ्यलाभको सबैले कामना गरौं ।

प्रतिक्रिया

सम्बन्धित