कार्यक्षेत्रमा खटिने पत्रकारका तत्काल राहत प्याकेज घोषणा गर्न माग

NFJ
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको यस जोखिमपूर्ण समयमा देशभर कार्यरत सञ्चारकर्मीहरुको सुरक्षा र सुविधाका लागि विशेष पहल गर्न आग्रह गरेको छ ।

महासचिव श्रीजन झाद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि जनताको सूचना र समाचारको अधिकारलाई अक्षुण्य राख्दै आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील प्रदेश समिति आवद्ध र सवै सञ्चारकर्मीमा हार्दिक कृतज्ञता व्यक्त गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा, मुलुक लकडाउनको अवस्थामा रहेको संकट एवम् जोखिमपूर्ण स्थितिमा क्रियाशील सञ्चारकर्मी र सञ्चारमाध्यमको लागि विद्युत, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था,लकडाउन अवधिमा प्रकाशन आवद्ध पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन, भुक्तानी पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचार र जोखिम मोलेर कार्यक्षेत्रमा खटिने श्रमजीवि पत्रकारका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री सहित तत्काल राहत प्याकेज घोषणा गर्दै सहजता प्रदान गर्न किमार्थ विलम्न नगर्न महासंघ उपत्यका प्रदेश समिति सरकारको विशेष ध्यानकर्षण सहित जोडदार माग गरिएको छ ।

विज्ञप्तिः

KTM Patrakar

प्रतिक्रिया

सम्बन्धित