प्रेमीसँग रंगेहात भेटेपछि देवरको घाँटी थिचेर हत्या

Hatya
महोत्तरी ।

महोत्तरीको पर्साकी सगिरा खातुनलाई अबैध सम्बन्धले प्रहरी खोरमा पुर्‍याएको छ । उनी १५ दिनदेखि जिल्ला प्रहरी कार्यालको हिरासतमा छिन् । १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी औलाले थिची हत्या गरेको उनीमाथि अभियोग छ ।

सगिराको आर्थिक अवस्था दयनिय थियो। सन्तानको लालपालन गर्न उनका श्रीमान रकिवुल अन्सारी दुई वर्षदेखि विदेशमा छन्। उनको तीन सन्तान छन्। यौन प्यास मेटाउन उनले प्रेमीसँग यौन सम्बन्ध बढाएकी थिइन्। गत चैत्र ९ गते मध्यरातमा आफ्नै घरमा प्रेमीलाई बोलाएर सगिरा यौन क्रियाकलाप लिप्त थिइन्। आपत्तिजनक अवस्थामा उनलाई देवर मजिवुलले देखेका थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीका अनुसार देवर र भाउजू मिलेर घरमा आएका ती युवक ९भाउजूको प्रेमी० लाई भगाएका थिए। त्यसपछि भाउजु र देवर आआफ्नै कोठामा गएर सुतेका थिए। सगिराले आफ्नै प्रेमीसँग राती २७ मिनेट कुरा गरोको कलडिटेल प्रहरी पत्ता लगाएको छ। यौन सम्बन्धको पोल खुल्ने डरले प्रेमीको योजनामा सगिराले देवरलाई घाँटी थिचेर हत्या गरेकी हुन सक्ने बताइएको छ।

देवरको शव गाडन कवरगाहा जाँदै गर्दा उनलाई पक्राउ गरिएको थियो। देवरलाई सुतेको औछ्यानमै भाउजूले अबैध सम्बन्ध लुकाउन हत्या गरेको एसपी अधिकारीले बताए। ‘महिलाको प्रेमीको पनि डिटेल हामीले पत्ता लगाइसेका छौं। भागेर भारतमा लुकेको छु उनले भने,‘उनको खोजी गरिरहेका छौ।’ पक्राउ परेका सगिरा र उनको प्रेमीमाथि कर्तव्य ज्यानमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित