९४ सशस्त्र प्रहरी ‘क्वारेन्टाइन’मा

Aremed police logo
काठमाडौं ।
केही दिनअघि भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ ।
महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश गरेका मध्येका एक ती युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिनुका साथै भ्यानमा राखी महेन्द्रनगरमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याएका थिए । तीन दिनअघि ती युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

सो घटनामा संलग्न सबैलाई क्वारेन्टाइनमा राखिएको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीणकुमार श्रेष्ठका अनुसार क्वारेन्टाइनमा राखिएका सशस्त्र प्रहरी कर्मचारीको स्वास्थ नाका हेल्थ डेस्कमा खटाइएकामा भने ज्वरो तथा रुघाखोकी देखिएको छ । यसरी ज्वरो आएकामध्ये प्रदेश–१ मा १७ जना, २ मा एक, बागमती प्रदेशका पाँच र कर्णाली प्रदेशबाट एक जना छन् । उनीहरू सबैलाई क्वारेन्टाइनमा पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

गोरखापत्र दैनिक

प्रतिक्रिया

सम्बन्धित