महामारीको सामना गर्न विश्वको कुनै पनि मुलुकको तयारी पुगेको रहेनछः प्रधानमन्त्री

kp-sss

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । विश्वमा फैलिइरहेको कोरोना भाइरसको कारण विगत १५ औं दिनमा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले समग्र विश्व नै यस किसिमको महामारीका लागि तयार अवस्थामा नरहेको रहेछ भन्ने कुरा प्रष्ट भएको बताएका छन् । विश्वका विकसित मुलुकहरु पनि तयार यस किसिमको महामारी नियन्त्रणका लागि तयार अवस्थामा नरहेको अवस्थामा हाम्रो जस्तो विकासोन्मुख मुलुकलाई अवश्य नै अप्ठेरो पर्दोरहेछ, प्रधाननमन्त्रीले सम्बोधनका क्रममा भने ।

मिडियाका टिप्पणी र सुझावप्रति आफ्नो ध्यान गएको प्रधानमन्त्रीले बताए । यस परिवेशमा चलाइएका हल्लाहरु बेमौसमी बाजा जस्तो रहेको प्रधानमन्त्रीले बताए । उनले विश्वको अनुभवमा सामाजिक दूरी राख्नु प्रमुख उपाय भएको बताउँदै प्रधानमन्त्रीले हामी सबै नेपालीले पनि त्यसको पालना गर्नु पर्ने बताए ।

प्रधानमन्त्रीले सम्बोधनको सुरूमै समस्त कोरोनाबाट संक्रमितहरूको स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित