अभिनेता तथा समाजसेवी खतिवडाको संयोजकत्वमा राहात वितरण

Actor Sanjay Khatiwoda

काठमाडौं । 
विगत लामो समयदेखि कला क्षेत्रमा सक्रिय अभिनेता तथा समाजसेवी संजय खतिवडाको संयोजकत्वमा नेपाली कला क्षेत्रमा काम गर्दै र्आएका कलाकार तथा प्राविधिहरुलाई राहात वितरण गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) ले विश्वमहामारीका रुपमा फैलिरहेको अबस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनमा नेपाली कलाक्षेत्रमा काम गर्दै आएका कलाकार तथा प्राविधिहरुको समस्यामा परेका छन् ।

कोरोना महामारीले निम्त्याएको मानवीय संकटबाट सुरक्षीत रहन देशमा भैरहेको लकडाउनको समस्याबाट सर्वसाधारणको दैनिकिमा परेको असरका कारण साँझ बिहान छाक टार्नै समस्यालाइ मध्यनजर गर्दै यो विषम परिस्थितीमा संकटमा रहेका देशको कला क्षेत्रमा योगदान गर्नै कलाकार तथा प्राविधिक र उनीहरुको ४५ परिवारका १६० जनालाई केही समय सहज हुनेगरी उनीहरु बसेकै ठाउँमा ललितपुरको बालकुमारीमा गएर कलाकार संजय खतिवडा आबद्ध लायन्स क्लब अफ काठमाडौँ न्युवेभको तर्फबाट ८५ हजार बराबरको दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरिएको हो ।

देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको हुँदा यस संक्रमणलाई रोक्नको लागि सरकारले लकडाउनको समयअवधि बढाएको अवस्थामा विपन्न परिवार, दैनिकी मजदुरी गरेर जिवीको पार्जन गर्रेहरुको समस्या बढदै गइरहको छ । अभिनेता संजय खतिवडा आवद्ध क्लबले आज पशुपति क्षेत्रमा समस्यामा परेको ३०० परिवारलाई र कालोपुलमा २ घर परिवारलाई दैनिक उपभोग्य समाग्रीहरु हस्तान्तरण समेत गरेका छ । राहत लिने व्यक्तिहरुको भावनाको सम्मान गर्दै राहात वितरण स्थलको तस्विर सामाजिक संजालमा पोष्ट नगर्ने समाजसेवी खतिवडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित