कोभिड १९ परीक्षणका लागि भक्तपुर अस्पतालमा पीपी बुथ

PP Booth Bhaktapur Hosipital
भक्तपुर, चैत २५
भक्तपुर अस्पताल दूधपाटी भक्तपरमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड १९) का सम्भावित संक्रमित विरामीको परीक्षणका लागि पीपी बुथ राखिएको छ । अस्पतालको इर्मजेन्सी वार्डको बाहिर वुथ राखिएको हो ।  डा महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बुथ वनाएको हो ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले कोभिड १९ सम्भावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथ राखिएको जनाइन् । चिकितसक बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ ।

बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले यसअघि एक कार्यक्रमवीच भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमलाई यो बुथ हस्तान्तरण गरे । यस क्रममा उनले बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कँुंवर, डा शंकर ढकाल, इन्जिनियर हरिराम हुमागाई, इन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई विशेष धन्यावद व्यक्त गरे ।

देशभरि कोरोनाको सम्भावित संक्रमितको परीक्षणका लागि ठाउँंठाउँंबाट बुथ बनाएर प्रयोग गरियोस् भन्ने हेतुका साथ नमूना बुथ बनाई हस्तान्तरण गरिएको इन्जिनियर दुवुालले सुनाए । उनका अनुसार देशका आल्मुनियम वर्कसपमा यस्ता बुथ बनाउन सकिन्छ । यसका लागि आफूहरुको समूहले प्राविधिक सहयोग गर्न तयार रहेको उनले जनाए । बुथको प्रयोगले कोरोना भाइरस (कोभिड १९)को उपचारमा थप सहयोग पुग्ने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित