गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरसहित आर्युबेद फर्माकी सञ्चालिका पक्राउ

Hand Sanitizer
भक्तपुर ।
महानगरीय प्रहरी परिसर भक्तपुरले गुणस्तरहिन ह्याण्ड स्यानिटाइजर बिक्रि गरेको आरोपमा एक जनालाई पक्राउ गरेका छ । गुणस्तरहिन ह्याण्ड स्यानिटाइजर बिक्रि गरेको आरोपमा भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक स्थित कार्यकल्प आर्युबेद फर्माकि सञ्चालिका भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ छालिङ बस्ने २८ बर्षकी रीना ओझा पक्राउ परेकी हुन् । उनलाई औषधि व्यवस्था बिभाग बबरमहल काठमाण्डौका बरिष्ट औषधि अधिकृत उषा तण्डुकार सहितको उपस्थितिमा प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको प्रहरी टोलीले पक्राउ गरेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

फर्मामा औषधि ब्यवस्था बिभागले निर्धारण गरेको गुणस्तर मापदण्ड पुरा नगरेको ह्याण्ड स्यानिटाइजरहरु गुणस्तर युक्त छ भनी ग्राहकहरुलाई झुक्याई बेचबिखन गरिरहेको छ भन्ने बिशेष सूचना प्राप्त भए पछि खानतलासी गर्दा इन्सट्याण्ट ह्याण्ड स्यानिटाइजर लेखिएको १०० एम.एल को १२६ थान र ६० एम.एलको २३ थान गुणस्तरहिन ह्याण्ड स्यानिटाइज सहित उनलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित