'अनररी काउन्सल'को परिचयपत्रमा पक्राउ परेका अग्रवाल दरबारमार्ग प्रहरी हिरासतमा

ag

काठमाडौं । कोरोना ९कोभिड–१९० भाइरसको महामारी फैलिएका बेला स्वास्थ्य सामग्रीमा कालोबजारी गर्दा गर्दै पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको छ ।

त्यसअघि शंकर ग्रुपका मालिक समेत रहेका अग्रवाललाई कालोबजारीको आरोपमा महानरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको थियो ।

प्रहरीकाअनुसार ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्नका लागि कुटनीतिक नियोगको सवारी प्रयोग गरेर पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लाग्दा पक्राउ गरेको थियो । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको थियो ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको छ । त्यस्तै परराष्ट्र मन्त्रालयबाट जारी गरिएको २०२१ अगस्त १८ सम्म म्याद रहेको 'अनररी काउन्सल' को परिचयपत्र समेत बरामद गरेको छ ।

शंकर ग्रुपले हालै शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।

पक्राउपछि नियमित स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल लगेपछि उनलाई दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको छ । टेकुको हिरासतमा धेरै मानिसहरु भएकाले दरबारमार्गमा राखेका प्रहरीले जनाएको छ ।

अग्रवालले अस्वस्थ महसुस गरेको बताए पनि स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएको थियो । त्यसपछि उनलाई दरबारमार्ग प्रहरीको हिरासतमा लिइएको थियो । अग्रवालविरुद्ध कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित