विश्व बैंकले दियो नेपाललाई ३ अर्ब ५० करोड सहुलियतपूर्ण ऋण

World Bank
काठमाडौं ।

कोरोना भाइरस ९कोभिड–१९० को महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व बैंकले नेपाललाई तत्काल तीन अर्ब ५० करोड रुपैयाँ ९दुई करोड ९० लाख अमेरिकी डलर० भन्दा बढी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ आकस्मिक सम्बोधन तथा स्वास्थ्य प्रणालीको तयारी परियोजनाका लागि उक्त रकम खर्च हुने अर्थ मन्त्रालय र विश्व बैङ्कबीचको सम्झौतामा उल्लेख छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालस्थित देशीय निर्देशक फेरिस हदद जेर्भोसले मङ्गलबार हस्ताक्षर गरे ।

विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास संस्था ९आईडीए० मार्फत उपलब्ध गराइने उक्त ऋण सम्झौतामा हस्ताक्षरपश्चात् नै कार्यान्वयनमा आउने जनाइएको छ । उक्त रकम कोरोना भाइरस सङ्क्रमण रोकथामको तयारी तथा आकस्मिक सहायतामा प्रयोग हुने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै रोकथाममा नेपालको क्षमता बढाउने, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम ‘कन्ट्याक्स टे«सिङ’का लागि उपयोग हुने छ ।

स्वास्थ्य मन्त्रालयमार्फत कार्यान्वयन हुने यो परियोजनाअन्तर्गत देशका विभिन्न ठाउँमा नयाँ आईसीयू, बेड तथा आइसोलेसन सुविधा स्थापनामा प्रयोग गरिने छ । त्यस्तै उक्त रकम स्वास्थ्य प्रयोगशालाको रोग पहिचान क्षमता बढाउन पनि उपयोग हुने सम्झौतामा उल्लेख छ ।

सम्झौतापछि सचिव ढुङ्गानाले उक्त सहयोगले कोरोना महामारी रोकथाम तथा भविष्यमा सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित जोखिमविरुद्ध लड्न क्षमता बढाउन सहयोग पुग्ने बताए ।
गोरखापत्र दैनिक ।

प्रतिक्रिया

सम्बन्धित