कालो बजारी गर्ने सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

Sulav

काठमाडौं ।
व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ ।

जगदम्बा ब्रान्डको उत्पादक शङ्कर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक तथा नेपालका लागि किर्गिस्तानका अनररी कन्सुलर सुलभ अग्रवाललाई थर्मगन कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

बिहीबार जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
कोरोना ९कोभिड–१९० भाइरसको महामारी फैलिएका बेला स्वास्थ्य सामग्रीमा कालोबजारी गर्दा गर्दै पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको छ ।

त्यसअघि शंकर ग्रुपका मालिक समेत रहेका अग्रवाललाई कालोबजारीको आरोपमा महानरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको थियो ।

प्रहरीकाअनुसार ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्नका लागि कुटनीतिक नियोगको सवारी प्रयोग गरेर पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लाग्दा पक्राउ गरेको थियो । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको थियो ।

बजारमा चरम अभाव रहेको ज्वरो नाप्ने यन्त्र९थर्मोगन० बढी मूल्यमा विक्री वितरण भइरहेको सूचनासँगै कालोबजारी गर्ने मुख्य व्यक्तिलाई नियन्त्रणमा लिने प्रहरीको योजनासँगै अग्रवाल फन्दामा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित