आपूर्ति मन्त्री लेखराज भट्टद्धारा कालीमाटी, कुलेश्वर क्षेत्रका खाद्य स्टोरमा अनुगमन

Lekrajh Bhatta
काठमाडौँ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी, कुलेश्वर क्षेत्रका खाद्य स्टोरमा अनुगमन गरेका छन् । लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहोस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट, वाणिज्य सचिव डा वैकुण्ठ अर्याल सहितको टोलीले आज उक्त स्थानमा अनुगमन गरेको हो । दैनिक उपभोग्य वस्तुको अभाव नहोस् र भएका गोदाममा के कस्तो अवस्था खाद्य सामाग्री रहेको छ भनेर बुभ्mन मन्त्री भट्टको टोलि सक्रियताका साथ बजार अनुगमनमा निस्कदै आएको छ ।

अनुगमनका क्रममा स्टोरका सञ्चालक एवं नेपाल चेम्बर अफ कमर्शका आपूर्ति सभापति देवेन्द्रभक्त श्रेष्ठले आफूहरुसँग झण्डै एक महिनालाई पुग्ने चामल, दाल तथा मैदा रहेको भन्दै विपद्को समयमा आफूहरुलाई आपूर्ति गर्न कुनै समस्या नभएको मन्त्री भट्टलाई जानकारी दिएका थिए ।

उनले लकडाउनको समयमा श्रमिक नपाइएको तथा आयातमा भने केही बढी मूल्य तिर्नुपरेको बताउँदै खाद्य पदार्थको आपूर्तिका लागि चालक तथा श्रमिकलाई सहज रुपमा आउने वातावरण बनाइदिन मन्त्री भट्टलाई आग्रह समेत गरेका थिए। श्रेष्ठको मागलाई आफूहरुले सहजीकरण गरिदिने मन्त्री भट्टको प्रतिबद्धता थियो । नेपालमा नै धान कुट्ने मिल रहेको र धानसमेत पर्याप्त रहेकाले कुटानी पिसानीमा केही सहज गरिदिनसमेत आग्रह गरिएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित