महालक्ष्मी विकास बैकद्वारा कोरोना कोषमा ५० लाखको आर्थिक सहयोग

Mahalaxmi Bikash Bank 

काठमाडौं । 

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथाउपचारका लागि सरकारले बनाएको कोषमा महालक्ष्मी विकास बैंकले ५० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।बैकले संघीय सरकारलाई १२ लाख, प्रत्येक प्रदेश सरकारलाई ४ लाखका दरले २८ लाख र विभिन्न स्थानिय निकायहरुमा १० लाख सहयोग गर्ने जनाएको छ ।

बैकका अनुसार बैंकले प्रदानगर्ने उक्त सहयोग केन्दी«य सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने,प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने छ । यस असहज परिस्थितिमा सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्नमद्दत पुग्ने विश्वास बंैकले लिएको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित