लकडाउन उल्लघंन गर्ने २६८५ जना नियन्त्रणमा

lockdown arrest

काठमाण्डौ  ।

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ६ सय ५९ महिला सहित २६ सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा लकडाउन उल्लघंन गर्नेहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । यसै गरी २ सय ९७ वटा दुई पाङ्ग्रे र २४ वटा चारपाङग्रे गरी ३ सय २१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ । काठमाण्डौबाट सबैभन्दा बढि २१ सय ५७ जनालाई नियन्त्रणमा लिइएको छ भने ललितपुरबाट ४ सय ८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिइएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीले लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेको भन्दै अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेका छ ।

प्रतिक्रिया

सम्बन्धित